bhola prasad pandey namc nuwakot

नुवाकोट आदर्श बहुमुखी क्याम्पस प्रमुखमा भोलाप्रसाद पाण्डे

नुवाकोट आदर्श बहुमुखी क्याम्पसको कामु क्याम्पस प्रमुखमा भोलाप्रसाद पाण्डे नियुक्ति भएका छन् ।

क्याम्पस विधानअनुसार पाण्डेलाई नियुक्ति गरिएको नुवाकोट आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठले जानकारी दिनुभयो ।

अस्वस्थताको कारण श्यामप्रसाद पाण्डेले राजीनामापछि रिक्त रहेको क्याम्पस प्रमुखमा पाण्डेलाई नियुक्त गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।