क्याम्पस प्रमुखद्वारा क्याम्पस बन्दको घोषणा


namc nuwakot

लामो समयपछि हुन लागेको नुवाकोट आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन फेरी अनिश्चित भएको छ ।

१० वर्ष पछि चैत १० गतेको लागि तय भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन क्याम्पस प्रमुखले चैत्र १२ गतेसम्म क्याम्पस बन्द गरेको सुचना टाँस गरेसँगै अनिश्चित बनेको हो । चैत १० गते निर्वाचन गराउनुपर्ने भएपछि क्याम्पस प्रमुख नारायणमान डंगोलले १२ गतेसम्म क्याम्पस बन्द हुने सुचना टाँस गरेको अनेरास्ववियुले जनाएको छ ।

गत फागुन २९ गते हुने भनिएको स्वबियु निर्वाचन चैत्र १० गतेको लागि सारिएको थियो । क्याम्पसको स्ववियु निर्वाचनको लागि नेपाल विद्यार्थी संघ र अनेरास्ववियुका विद्यार्थी नेतावीच फरक मत हुँदा स्ववियु निर्वाचन पटक पटक स्थगित हुँदै आएका छ ।

यसपटक क्याम्पस प्रमुख र सञ्चालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठले स्ववियु निर्वाचन स्थगित मात्र नगराई विद्यार्थीहरुको पठन पाठक गर्ने अधिकारसमेत कुण्ठित गरेको भन्दै अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीसहित केही विद्यार्थी नेताहरुले आपत्ति जनाएका छन् ।